शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप : आर्मीद्वारा एपिएफ पराजित

एक्सप्रेस पाना
माघ ९, २०८० मंगलबार
  • 332
    SHARES
  • प्रधानमन्त्री कप : आर्मीद्वारा एपिएफ पराजित

    भैरहवा (रुपन्देही), ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ। आर्मीले एपिएफलाई चार विकेटले हराएको हो। 

    images

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज टस जितेर आर्मीले पहिला फिल्डिङ रोजेको थियो। एपिएफ क्लबले आर्मीलाई जितका लागि एक सय एक सय २२ रनको लक्ष्य दिएको थियो। आर्मीले उक्त लक्ष्य २४औँ ओभरको तेस्रो बलमा ६ विकेट गुमाएर पूरा ग¥यो।

    आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए। उनले ४० बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरे। यस्तै कुशल मल्लले १९ र बसिर अहमदले १८ रन बनाए। बलिङतर्फ एपिएफ क्लबका रमेश कुर्मीले दुई तथा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए। 

    images

    यसअघि एपिएफ क्लबका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले अद्र्धशतकीय पारी खेले। उनले एक सय तीन बल खेल्ने क्रममा दुई छक्का र दुई चौकाको मद्दतमा ५९ रन बनाए। यस्तै भुवन कार्कीले १६ तथा सुमित महर्जनले १४ रन बनाए। बलिङतर्फ आर्मीका सोमपाल कामीले तीन, अविनाश कर्णले दुई तथा विवेक यादव, साहब आलम र बसिर अहमदले एक एक विकेट लिए। खराब मौसमका कारण ५० ओभरको खेल ३६ ओभरमा झारिएको थियो। बुधबार त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबिच खेल हुनेछ।

  • सम्बन्धित विषय:

  • # एपिएफ क्लब
  • # त्रिभुवन आर्मी क्लब