शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: कोशीको आठौँ हार

एक्सप्रेस पाना
माघ १०, २०८० बुधबार
  • 299
    SHARES
  • प्रधानमन्त्री कप: कोशीको आठौँ हार

    काठमाडौँ, माघ १० । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले आठौँ हार बेहोरेको छ।

    images

    बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेपछि कोशीले लगातार आठौँ हार बेहोरेको हो।

    कोशी प्रदेशले दिएको १२४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २१.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस अघि कोशीले पहिला ब्याटिङ गर्दै ३२ ओभरमा अलआउट भएर १२३ रन बनाएको थियो।

    images

    यो जितपछि सुदूरपश्चिम प्रदेशले ५ खेलमा चौथो जित हासिल गर्दै ८ अंक बनाएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार आठौँ हार बेहोरेको छ। 

    अब सुदूरपश्चिमले अर्को खेल विहिबार बागमती प्रदेशसँग मुलपानी मैदानमा खेल्ने छ भने कोशी प्रदेशले आफ्नो अन्तिम खेल आउदो मंगलबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # कोशी प्रदेश
  • # सुदूरपश्चिम प्रदेश