शनिबार, आश्विन २४ गते २०८३
images

नेपालले दियो पाकिस्तानलाई १९८ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ १०, २०८० बुधबार
  • 296
    SHARES
  • नेपालले दियो पाकिस्तानलाई १९८ रनको लक्ष्य

    काठमाडौँ, माघ १० । यू१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ।

    images

    समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको हो। 

    नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए। त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए। त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए।  त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए। 

    images

    यस खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए।

    बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २/२ विकेट लिएका थिए। त्यसैगरी खुबैब खलिल, मोहमद जीशान र अलि असफन्डले १/१ विकेट लिएका थिए ।     

  • सम्बन्धित विषय:

  • # क्रिकेट