शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: रावलको अर्धशतकमा पुलिसलाई १७२ को लक्ष्य

एक्सप्रेस पाना
माघ १२, २०८० शुक्रबार
  • 298
    SHARES
  • प्रधानमन्त्री कप: रावलको अर्धशतकमा पुलिसलाई १७२ को लक्ष्य

    माघ १२, काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ओपनर दिवान पुनको अर्धशतकको सहयोगमो कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ। 

    images

    टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले ४२ दशमलब ५ ओभरमा अल आउट हुँदै १ सय ७१ रन बनायो। 

    कर्णालीका लागि ओपनर निश्चल रावलले १ सय ७ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले। अर्का ओपनर तथा कप्तान रविन्द्रजंग शाहीले ३५ बलमा ४० रन बनाए। पहिलो विकेटका लागि रावल र शाहीले ६३ रनको साझेदारी गरे पनि टोलीले नियमित विकेट गुमाउँदा टोली कम स्कोरमा रोकिन पुग्यो । विकेटकिपर अर्जुन घर्तीले ३४ बलमा २३ रन बनाए। 

    images

    नवौं नम्बरमा कर्णालीका लागि ब्याटिङमा आएका दिवान पुनले ५ बलमा २० रन बनाए। उनले सागर ढकालको ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। 

    पुलिसका लागि सागर ढकालले ३ तथा ललित भण्डारीले २ विकेट लिए। 

    पुलिस आजको खेल जितेर फाइनलको सम्भावना बलियो बनाउँन चाहान्छ। शीर्ष चारको सम्भावना कायमै राख्न कर्णालीलाई यो खेल जित्न आवश्यक छ। 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री कप
  • # कर्णाली प्रदेशमा
  • # नेपाल पुलिस क्लब