शुक्रबार, भाद्र २६ गते २०८३
images

भावनामा डुबेको माया....

एक्सप्रेस पाना
माघ १२, २०८० शुक्रबार
  • 662
    SHARES
  • भावनामा डुबेको माया....

    भावनामा डुबेको माया मिठो हुन्छ।
    मनमा आशाको किरणले बास गरेको हुन्छ।    
    एक मनमोहक मोह मुटुमा हुन्छ।
    अनन्त मायाले हृदयलाई पगाल्ने छ।
     
    प्रेमको धागोले यति राम्रो गरेर बुनेको छ।
    दुई आत्माको मिलनको समयमा भाग्य बलियो हुनेछ।
    प्रेमको कोमल स्पर्श  यो जन्मको उपहार भएछ।
    मायाको गहिराइले वास्तविक माया चिनिनेछ।
     
    प्रेमको कोमल नजरमा  रहस्य खुल्छ।
     हृदयको कथा सधैँको लागि भनिन्छ।
    यो प्रेम ईश्वर कै देन हो।
    प्रेमले जीवन सजाउने हो।
     
    सबै ठाउँ घुम्नेछु सुन्दर दृश्यको बयान गर्नेछु।
    फुलिरहेको गुलाब जस्तै मनमा माया फुलाउँछु।
    मायाको कोमल स्पर्शले जीवनमा सुख ल्याउनेछु।
    मायालुको अँगालोमा  चिन्ताहरू सबै भगाउँछु।
     
    हाँसो र खुसीमा  प्रेमको ज्वाला टिक्छ।
    एक अटल साथी सधैँ शुद्ध माया गर्छ।
    प्रेमको कोमल पकडमा समय र ठाउँ मेटिन्छ।
    मनमा आशाको किरणले बास गरेको हुन्छ।
     
                         लेखक: गोबिन्द राज ओझा (राजन)                      
                         ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी   

    images