स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश
आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश
नेपाली हुनमा गर्व छ।
हामी सबै मिलीजुली देश बनाउनु पर्छ।
देशको इज्जत गर्नुपर्छ।
देशको लागि केही गर्न सक्नुपर्छ।
नेपाल माताको चरणमा ढोग्नुपर्छ।
मन भरि दिल भरि देशलाई राख्नुपर्छ।
हाम्रो बानी सधैँ स्वाभिमानी हुनुपर्छ।
धेरै भाषा धेरै जाति खुसी साथ बस्नुपर्छ।
आफ्नो पौरख र मिहिनेतले देश बदल्नु छ।
सगरमाथा शिर हाम्रो हामीले चिन्नुपर्छ।
लेखक: गोबिन्द राज ओझा (राजन)
ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

