शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: कर्णालीमाथि आर्मी १६४ रनले विजयी

एक्सप्रेस पाना
माघ १४, २०८० आइतबार
  • 314
    SHARES
  • प्रधानमन्त्री कप: कर्णालीमाथि आर्मी १६४ रनले विजयी

    काठमाडौँ, माघ १४ । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ।

    images

    आइतबार टियु मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले पराजित भएको हो।

    कर्णाली प्रदेशका लागि हिमांशु शाहीले सर्वाधिक १९ रन बनाए। दिवान पुनले १८ रन, बिपिन शाहीले १४ रन बनाउँदै आउट भए भने कप्तान रविन्द्र शाही पनि १२ रन बनाए।

    images

    ओपनर निश्चल रावल पनि १२ रन बनाउँदै पेभेलियन फर्किए। दीपेन्द्र रावतले पनि १२ रनमात्र बनाउन सके। प्रकाश जैसी ९ रनमा आउट भए भने दिनेश अधिकारीले पनि ९ रन जोडे। कर्णाली प्रदेशले अतिरिक्त रुपमा ८ रन पाएको थियो।

    यता बलिङतर्फ आर्मी क्लबका लागि कुशल मल्ल र बिवेक यादबले ३३ विकेट लिए। बिवेकले ६ ओभरमा २ मेडन राख्दै २५ र कुशलले ७ ओभरमा १ मेडन राख्दै २० रन खर्चिए। सोमपाल कामीले पनि २ विकेट हात पारे भने साहब आलमले १ विकेट लिए।

    त्यसअघि चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारी र सातौँ नम्बरका ब्याट्सम्यान बसिर अहमदको उत्कृष्ट ब्याटिङसँगै आर्मी क्लबले कर्णाली प्रदेशलाई विशाल लक्ष्य दिएको थियो। विनोद र बसिर अहमदले १६९ रनको साझेदारी गरेका थिए।

    कप्तान विनोदले अविजित १०० रन बनाए। उनले १३२ बलको सामना गरी ३ छक्का र ६ चौका पनि हिर्काए। उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरेका थिए।

    यसैगरी बसिर अहमदले पनि टोलीका लागि उत्कृष्ट अर्धशतकीय पाली खेले। उनले अविजित ९८ रन बनाए। अहमदले ९२ बलको सामना गरी १ छक्का र १२ वटा चौका हिर्काएका थिए ।

    भीम सार्कीले पनि २५ रन बनाए। तेस्रो नम्बरका ब्याट्सम्यान भीमले ३५ बलमा तीन चौका पनि हिर्काए। ओपनर सन्तोष कार्की भने ११ रन बनाउँदै पेभेलियन फर्किए।

    बिवेक यादब ६ रन बनाउँदै आउट भए। कुशल मल्लले टोलीको खातामा २१ रन थपे। आर्मी क्लबले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो। 

    बलिङतर्फ कर्णाली प्रदेशका लागि दीपेन्द्र रावतले २ तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले १र१ विकेट लिए।

    यो जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो।

    त्यसैगरी कर्णालीले भने पाँचौं हार बेहोरेको छ। कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री कप
  • # कर्णाली प्रदेशमा
  • # त्रिभुवन आर्मी क्लब