शुक्रबार, भाद्र २६ गते २०८३
images

वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ.......

एक्सप्रेस पाना
माघ १५, २०८० सोमबार
  • 1.1K
    SHARES
  • वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ.......

    वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ।   
    आज बाटो नयाँ छ नयाँ चाहना छ।
    देशलाई समृद्ध बनाउनु छ।
    बाझो जमिनमा अन्न उब्जाउनु छ।      
     
    मातृभूमिको  रक्षाको लागि तयार हुनु छ।
    हाम्रो स्वाभिमानको रक्षा गर्नु छ।
    वीर शहीदको बलिदानको पाठ सिकाउनु छ।
    यो मेरो प्यारो देश मनै देखि माया छ।
     
    यसले सबैलाई बाँच्न र बाँच्न दिने सन्देश दिन्छ।
    हाम्रो मातृभूमिबाट धेरै माया पाइन्छ।
    यो संसार उसको काखको छाया भन्दा सानो छ।
    साँच्चै भन्नु पर्दा सारा संसार नै हाम्रो परिवार जस्तै छ।
     
    वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ।       
    आज बाटो नयाँ छ नयाँ चाहना छ।

    images


                   लेखक:-गोबिन्द राज ओझा (राजन)                         
                  ठेगाना:-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी