बुधबार, श्रावण १३ गते २०८३
images
images

त्रिविले आजदेखि अनलाइनबाट सेवा दिने

एक्सप्रेस पाना
माघ १५, २०८० सोमबार
  • 374
    SHARES
  • त्रिविले आजदेखि अनलाइनबाट सेवा दिने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले आजदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। 

    images

    कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइनबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ। 

    केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ। 

    images

    अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिङ्कमा क्लिक गरेपछि साइन अप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ । 

    सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ।