शुक्रबार, आश्विन २३ गते २०८३
images

प्रधानमन्त्री कप: गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

एक्सप्रेस पाना
माघ १५, २०८० सोमबार
  • 385
    SHARES
  • प्रधानमन्त्री कप: गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

    काठमाडौँ, माघ १२५ । नेपाल पुलिस क्लबले लगातार सातौँ जित निकाल्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

    images

    मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो।

    जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

    images

    पुलिसको जितमा दीलिप नाथले ५७ रन बनाउँदा कुशल भुर्तेल २२ रनमा आउट भए। अर्जुन साउद ४४ र आरिफ शेख २७ रनमा नट आउट रहे। 

    बलिङतर्फ गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए। विपिन खत्री र कमल परियारले १(१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८।३ ओभरमा १७० रन मात्र बनाउन सक्यो। गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए।

    बलिङतर्फ पुलिसका तीव्र गतिका बलर राशिद खानले ५ विकेट लिए। ललित राजवंशी र करण केसीले समान २–२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

    जारी लिगमा अपराजित रहेको पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ। १० टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन्।यो सँगै पुलिस दुई खेल अघिनै फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप
  • # गण्डकी प्रदेश
  • # नेपाल पुलिस क्लब