शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सौजनको अलराउण्ड प्रदर्शनमा कोशीको सान्त्वना जित

एक्सप्रेस पाना
माघ १६, २०८० मंगलबार
  • 360
    SHARES
  • सौजनको अलराउण्ड प्रदर्शनमा कोशीको सान्त्वना जित

    काठमाडौँ, माघ १६ । सौजन घिमिरेको अलराउण्ड प्रदर्शनको सहयोगमा कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ।

    images

    टियु मैदान कीर्तिपुरमा भएको आफ्नो अन्तिम खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गरेको हो। लुम्बिनीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४६ दशमलब ५ ओभरमा अल आउट हुनु पुर्व १५६ रन बनाएको छ।

    लुम्बिनीका लागि दिल्शाद अलिले ६४ बलमा ३२ रनको सर्वाधिक ठूलो ईनिङ खेले। विराट भण्डारीले ६० बलमा २८ रन बनाए।

    images

    कोशीका लागि सौजन घिमिरेले ३ तथा समिर कार्की, कमल खत्री र अभ्यास तिम्सिनाले समान २/२ विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४४ दशमलब ४ ओभरमा अल आउट हुँदै १७२ रन बनायो। कोशीका लागि कप्तान अंकित सुवेदीले ६५ बलमा ४९ रन बनाए।

    सौजन घिमिरेले ६९ बलमा ४३ तथा मिनाश थापाले १९ बलमा १७ रन बनाए। लुम्बिनीका लागि नर सार्कीले ४ तथा वीर मगरले ३ विकेट लिए।

    जितसँगै कोशीले ९ खेलमा एक १ हात पारेको छ। पराजित लुम्बिनीले ८ खेलमा १ जित निकालेको छ।

  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • # प्रधानमन्त्री कप
  • # लुम्बिनी प्रदेश