शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रमोद खरेलको ‘मनमा पर्‍यो चोट’ सार्वजनिक

एक्सप्रेस पाना
माघ १७, २०८० बुधबार
  • 299
    SHARES
  • प्रमोद खरेलको ‘मनमा पर्‍यो चोट’ सार्वजनिक

    काठमाडौँ, माघ १७ । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ।

    images

    गौरव गिरी र एलपी शर्माको शब्दरचना रहेको गीतमा रोहित देउवाले संगीत छ। गीतले प्रेमको आशामा धोका पाएको युवकको कथा समेटेको छ। गीतले पछिल्लो समय युवा पुस्तामा झाँगिएको नाटकीय प्रेम देखाएको छ।

    स्वार्थका कारण युवतीले प्रेमको नाटक गरेर युवकको जिन्दगीमा गरेको खेलबाडलाई भिडियोमा देखाइएको छ। गौरव गिरीले निर्देशन गरेको भिडियोमा एलपी शर्मा र उषा उप्रेतीको अभिनय छ। साथमा भद्रजंग कुँवर, दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली पनि देखिन्छन्।

    images

    पूरा भिडियो हेर्नुस्।