शुक्रबार, आश्विन २३ गते २०८३
images

सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्ध

एक्सप्रेस पाना
माघ १९, २०८० शुक्रबार
  • 409
    SHARES
  • सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्ध

    माघ, १९ काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध भएकी छिन्।

    images

    साम्बा फ्रान्सको शीर्ष डिभिजन फुटबल क्लब अन आभान्ट ग्वेंगाम्पमा डेढ वर्षको लागि अनुबन्ध भएकी हुन्।

    क्लबले भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको पुष्टि गरेको हो। हमास युद्धका कारण इजरायलको हापोएल रानानासँग सँगको सम्झौता तोड्दै उनी फ्रान्स गएकि हुन्।

    images

    फ्रान्सेली क्लब अन आभान्ट ग्वेंगाम्पले इजरायलि हापोएल रानानासँग साम्बाको सम्झौतामा सहमति लिएको हो।

    साम्बा अनुबन्धित एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै हाल तालिकाको १०औं स्थानमा रहेको छ। लिगमा अब १० खेल हुन बाकि रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साम्बा