शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्मीले जित्यो पहिलोपटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि

एक्सप्रेस पाना
माघ २०, २०८० शनिबार
  • 447
    SHARES
  • आर्मीले जित्यो पहिलोपटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि

    माघ २०, पोखरा । विभागिय टोली त्रिभुवन आर्मी क्लबले इतिहासमै पहिलोपटक आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।

    images

    २३औ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जित्ने क्रममा आर्मीले फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० गोलअन्तरले पराजित गरेको हो। 

    आर्मीले आफ्ना मुख्य खेलाडी भरत खवास तथा दिनेश हेन्जलाई चोटका कारण मैदान बाहिर राखेपनि उपाधि जित्न सफल भयो। यो पराजयले थ्री स्टाको सर्वाधिक ५ पटकको उपाधि जित्दै मनाङ मर्स्याङदी क्लबसँग बराबरि गर्ने सपना अपुरो भएको छ।

    images

    आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घलेले र वसन्त जिम्बाले १/१ गोल गरे। उपाधिसहित आर्मीले १२ लाख १ हजार रूपैया प्राप्त गरेको छ। उता उपविजेता बनेको थ्रीस्टारले ६ लाख १ हजार रुपैयाँमा चित्त बुइाएको छ।

    खेलको तेस्रो मिनेटमा आर्मीका कमल थापाले डिबक्स बाहिरबाट दिएको लंग पासलाई वसन्त जिम्बाले गरेको हेडिङ थ्रीस्टारका गोलकिपर अभिषेक बरालले बचाएका थिए।

    २६औ मिनेटमा आर्मीका जिलेस्पी कार्कीले डिबक्स बाहिर बाट प्रहार गरेको लङ्ग रेन्ज सट थ्रीस्टारको गोलपोष्ट नजिकबाट बाहिरियो।

    ३८औ मिनेटमा आर्मीले जिलेस्पी जंग कार्कीको गोलमा अग्रता लियो। सिद्धार्थ चौधरिले प्रहार गरेको कर्नर किकमा जिलेस्पीले सुन्दर हेडिङ गर्दै गोल गरेका हुन्।

    ५३औ मिनेटमा आर्मीका वसन्त जिम्बाले थ्रीस्टारका गोलकिपर अभिसेख बराल अगाडि बढेको अवस्थामा प्रहार गरेको बललाई थ्रीस्टारका कप्तान योगेश गुरुङ्गले गोल लाइन क्लियररेन्स गर्दै दोस्रो गोल व्यहोर्नबाट बचाए। ६०औँ मिनेटमा थ्रीस्टारका रोसन राना मगरले करिब २८ यार्डको दुरिबाट प्रहार गरेको फ्रिकिक आर्मीको गोलपोष्टको नजिकै माथिबाट बाहिरियो।

    ७०औँ मिनेटमा आर्मीका डिफेन्डर जितेन्द्र कार्कीले मैदानको सेन्टरबाट प्रहार गरेको लङ्ग सटलाई थ्रीस्टारका गोलकिपर अभिषेक गुरुङ्गले उत्कृष्ट बचाउ गरेका थिए। ८०औँ मिनेटमा आर्मीका रस बहादुर मगरले कर्नर साइडबाट प्रहार गरेको बल थ्रीस्टारका गोलकिपर अभिषेक बरालले पन्च गर्दै बचाउ गरे।

    ८४औँ मिनेटमा आर्मीका फत्तेमान घलेको गोलमा आर्मीले अग्रता दोब्बर बनायो। थ्रीस्टारका डिफेन्डर जिवन गुरुङ्गले आफ्नो डिबक्सभित्र बल क्लियर गर्न नसक्दा घलले त्यसको फाइदा उठाउदै गोल गर्न सफल भए।

    अतिरिक्त समयमा आर्मीका वसन्त जिमु्बाले गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गराए। उनले डिवक्स बाहिरबाट बललाई एक्लै अगाडी बढाउदै डिफेन्डरसहित गोलकिपर अभिषेक बराललाई पनि बिट गर्दै सुन्दर गोल गरे।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # आहा ! रारा गोल्डकप