शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ज्ञानमन्दिर माविले जित्यो चौतारा नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि

एक्सप्रेस पाना
माघ २०, २०८० शनिबार
  • 725
    SHARES
  • ज्ञानमन्दिर माविले जित्यो चौतारा नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि

    माघ २०, चौतारा (सिन्धुपाल्चोक) । चौतारा स्पोर्टिङ क्लबको आयोजनामा सम्पन्न दोस्रो संस्करणको चौतारा नगरस्तरीय ७ 'ए' साइड फुटबल प्रतियोगिता २०८० को उपाधि ज्ञानमन्दिर नमुना मावि मेलचौरले जितेको छ।

    images

    शनिबार चौतारास्थित मिनीरंगशालामा सम्पन्न भएको फाइनल खेलमा ज्ञानमन्दिरले सेतीदेवी मावि स्याउलेलाई पेनाल्टी सुटआउटमा २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

    निर्धारित समयम २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटबाट ज्ञानमन्दिरले सेतीदेवीलाई निराश पार्यो।

    images

    प्रतियोगिताको विजेता ज्ञानमन्दिरले नगद ३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पायो। यता, उपविजेता सेतीदेवीले नगद २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो।

    प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक ज्ञानमन्दिर माविका सन्देश दंगाल चुनिँदै गोल्ड्रेन ग्लोब्स जिते। ज्ञानमन्दिरकै सगुन श्रेष्ठले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएर गोल्ड्रेन बल जित्दा उपविजेता सेतीदेवीका शुसन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विजेन श्रेष्ठ उत्कृष्ट स्ट्राइकर घोषित भए। यस्तै, सिद्धिगणेश मावि सानोसिरुवारीका सागर थापामगर उत्कृष्ट मिडफिल्डर चुनिँदा इर्खु माविका १० वर्षीय खेलाडी सुवास महतले इमर्जिङ प्लेयरको अवार्ड जिते। प्रतियोगिताभर सर्वाधिक ५ गोल गरेर ज्ञानमन्दिरका जोन श्रेष्ठले गोल्ड्रेन बुट जिते। सिद्धिगणेशले फेयरप्लेको अवार्ड हात पार्‍यो।

    बिजेता तथा उपबिजेता टिमलाई चौतारा सागाँचोकगढी नगरपालिका उपप्रमुख सीता थापा, ५ नम्बर वडाध्यक्ष शिव श्रेष्ठ ,१३ नम्बर वडाध्यक्ष रामप्रसाद गौतम लगायत आयोजक टिमले पुरस्कार वितरण गरेका थिए। चौतारा स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगितामा चौतारा नगरका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए।

    नगर खेलकुद विकास समिति सिन्धुपाल्चोक र चौतारा साँगाचोकगढी नगरपालिका सह-आयोजक रहेको प्रतियोगितालाई सिन्धुपाल्चोक जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको थियोे।

    "खेल र खेलाडी हाम्रो शान, सक्षम खेलाडी उत्पादन हाम्रो अभियान" भन्ने नाराका साथ शुरू भएको यस प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका १४ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # चौतारा