तिमी धेरै मायालु र अधिक संयमी छौँ।
मन भित्रको माया बलियो बनाएकी छौ।
पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए।
यहाँ आएर मैले मिठो गीत गाए।
सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए।
पहाडको फेदीमा बस्नलाई घर बनाए।
मायाको गीत गाउँछु मायामा रमाउँछु।
ती नयनमा मायाको आभास पाउँछु।
सबै सँग हाँसी खेली रमाएर बाच्नुपर्छ।
मिठो स्वरमा गीत सुनाएर मन शान्त बनाउनुपर्छ।
प्रकृतिको आँगनमा घुमेर बाच्नु छ।
धर्तीमा कर्म गरेर अन्न उब्जाउनु छ।
तिमी धेरै मायालु र अधिक संयमी छौँ।
मन भित्रको माया बलियो बनाएकी छौँ।
नाम: गोबिन्द राज ओझा (राजन)
ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

