शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वाफ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल सिरियासँग

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 296
    SHARES
  • वाफ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल सिरियासँग

    काठमाडौँ, माघ २३ । नेपालले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेल सिरियासँग खेल्ने भएको छ।

    images

    गल्फ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको हो। प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म जेद्दाहमा आयोजना हुने छ।

    प्रतियोगितामा नेपालसँगै आयोजक साउदी, साविक विजेता जोर्डन, गुआम, इराक, लेबनान, प्यालेस्टाइन र सिरियाले सहभागिता जनाउने छन्। नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा सिरियासँगै इराक र प्यालेस्टाइन रहेका छन्। नेपालले आफ्नो पहिलो खेल फागुन ७ गते सिरियासँग खेल्ने छ। 

    images

    दोस्रो खेल फागुन १० गते इराक र समूह चरणकव अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्ने छ। सबै खेल किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुने छ। अर्को समूहमा आयोजक साउदीसँगै साविक विजेता जोर्डन, गुआम र लेबनान छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।

    नेपालले राजेन्द्र तामाङको मुख्य प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ। टोलीमा कमला राखल र श्याम मानन्धरले साहयक प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन्। म्यानेजरमा बिन्द्रा दिवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिइएको छ।

    May be an image of text

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # वाफ महिला च्याम्पियनसिप