शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केपी ओली कप : मच्छिन्द्र र जावलाखेलले सिधै सेमिफाइनल खेल्ने

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 379
    SHARES
  • केपी ओली कप : मच्छिन्द्र र जावलाखेलले सिधै सेमिफाइनल खेल्ने

    माघ २३, काठमाडौँ । साविक विजेता मच्छिन्द्र फुटबल क्लब र जावलाखेल यूथ क्लबले दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा सिधै सेमिफाइनल खेल्ने भएका छन्।

    images

    आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार ट्राइसिट सार्वजनिक गर्दा मच्छिन्द्र र जावलाखेलले बाइ पाएका हुन्। यस्तै, आयोजक केपी ओली फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टारसँग खेल्ने छ।

    यता, दुई विदेशी टिम दिल्ली फुटबल क्लबले मानेभञ्ज्याङ क्लब र विभागिय टिम त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने छ।

    images

    प्रतियोगिताको उद्घाटन खेल केपी ओली फुटबल क्लब र चर्च ब्याइजबीच हुने छ। खेल एन्फा टेक्निकल सेन्टर च्यासलमा फागुन ११ गते दिउँसो ३ बजे हुनेछ। सेमिफाइनल र फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।

    यस्तै, १० टिमको सहभागीता रहेको यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

  • सम्बन्धित विषय:

  • # केपी ओली कप