शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिग २ : नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 328
    SHARES
  • लिग २ : नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

    आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, नामिबिया र नेदरल्यान्ड त्रिकोणत्मक एक दिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। 

    images

    सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल नामिबियासँग फागुन ३ गते खेल्ने छ। यस्तै, दोस्रो खेल नेदरल्यान्डसद्दग फागुन ५ गते खेल्ने छ। तेस्रो खेल ९ गते नामिबिया र अन्तिम खेल १३ गते नेदरल्यान्डसँग खेल्ने छ

    सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। खेल बिहान ९:१५ बजे शुरू हुने छ।  राउन्ड रोबिनमा हुने प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्डसहित ८ टोलीको समहभागिता रहने छ। 

    images

    गत वर्ष सम्पन्न लिगका ३६ खेल खेलेको नेपाल ४० अंक जोड्दै तेस्रो भएको थियो। १ अंक कम जोडेको नामिबिया चौथो भएको थियो। नेदरल्यान्ड भने सुपर लिगमा पुछारमा रहँदै लिग २ मा घटुवा भएको हो। 

    May be an image of text that says

  • सम्बन्धित विषय:

  • # क्रिकेट