शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मछिन्द्रलाई यू-१६ लिगको उपाधि

एक्सप्रेस पाना
माघ २४, २०८० बुधबार
  • 454
    SHARES
  • मछिन्द्रलाई यू-१६ लिगको उपाधि

    काठमाडौँ । मछिन्द्र फुटबल क्लबले एन्फा यूथ यू-१६ लिगको उपाधि जितेको छ।

    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न लिगको अन्तिम खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो।

    मछिन्द्रले १८ खेलमा ३८ अंक जोड्यो। उपविजेता विभागीय टिम एपीएफ फुटबल क्लबले ३५ अंक जोड्यो। उसले ५० हजार पायो। उपाधि उचालेको मछिन्द्रले १ लाख पायो।

    images

    खेलमा १-० गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मछिन्द्रले २-१ गोल अन्तरको पुनरागमन जित हासिल गर्यो।

    फेयर प्ले आर्मी फुटबल क्लबले पायो। वेस्ट गोलकिपर मछिन्द्रका पेम्बा नुर्बु भोटे पाए। उनले नगद १५ हजारसहित ट्रफी हात पारे। सर्वाधिक गोलकर्ता संकटा फुटबल क्लबका सविन नुम्बु मगर भए। मोस्ट भ्यालुयबल प्लेयर नेपाल पुलिस क्लबका सुवास बम भए।

    यस्तै, आजै च्यालस रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको थियो। संकटाले ३३ अंकसहित तेस्रो हुँदै लिग सकायो।

  • सम्बन्धित विषय:

  • # एन्फा यू-१६ लिग