शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनले डेब्यू गर्दै

एक्सप्रेस पाना
माघ २५, २०८० बिहीबार
  • 294
    SHARES
  • क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनले डेब्यू गर्दै

    माघ २५, काठमाडौँ । पाहुना टोली क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ। 

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। 

    क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकालले डेब्यू गर्ने भएका छन्। स्पिनर सूर्यले यही महिना सकिएको प्रधानमन्त्री एक दिवसीय प्रतियोगिता बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ९ इनिङ्समा २४६ रन खर्चिएर सर्वाधिक ३० विकेट लिएका थिए।

    images

    पेस बलर रिजन पनि बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेलेका थिए। उनले ९ इनिङ्समा २८० रन खर्चिएर १५ विकेट लिएका थिए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट