शुक्रबार, भाद्र २६ गते २०८३
images

टिका प्रसाई र सञ्जीव पराजुलीको 'बरू मौनता बढोस्' सार्वजनिक

एक्सप्रेस पाना
माघ २५, २०८० बिहीबार
  • 336
    SHARES
  • टिका प्रसाई र सञ्जीव पराजुलीको 'बरू मौनता बढोस्' सार्वजनिक

    चर्चित गायीका टिका प्रसाई र गायक सञ्जिव पराजूलीको आवाज रहेको नयाँ  'बरू मौनता बढोस्, बरू खटपटी चलोस्' गीतको भिडियो सार्वजनिक भएको छ। भ्यालेन्टाइन सप्ताहको अवसर पारेर बिहिवार युट्युवमार्फत सार्वजनिक गरिएको हो।

    images

     "बरू मौनता बढोस्, बरू खटपटी चलोस' तर, मन टाढा नहोस, माया झन्~झन् गाढा बनोस् "बोलको यो गीतमा  शिखर शन्तोषको शब्द तथा आनन्द अधिकारीको संगीत रहेको छ। दुई पुस्ताका प्रेमजोडीहरूको प्रेमलाई भावपुर्ण ढंगले देखाईएको भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् भने जनक खड्काले मुख्य सहायक निर्देशन गरेका छन्।

    सरोज खनाल, शर्मिला मल्ल, महेश खड्का, निशा कार्की र अनुरोध अधिकारीको अभिनय रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र हुमागाईले छायांकन गरेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन्। भिडियोमा रमेशमान श्रेष्ठको भिएफ्एक्स, अनन्त घिमिरेको रंग संयोजन तथा नन्दा अधिकारीको शृङ्गार रहेको छ।  

    images

    हेर्नुस भिडियो