शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार दोस्रोपटक एशियन कप च्याम्पियन

एक्सप्रेस पाना
माघ २८, २०८० आइतबार
  • 452
    SHARES
  • कतार दोस्रोपटक एशियन कप च्याम्पियन

    माघ २८, काठमाडौँ । जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ।

    images

    शनिबार राति सम्पन्न खेलमा घरेलु टोली कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए। त्यसैगरी जोर्डनका लागि १ गोल यजन अल नैमतले गरेका थिए।

    कतारले यस अघि २०१९ मा पहिलो पटक उपाधि जितेको थियो। योसँगै लगातार दोस्रो पटक उपाधि जितेको छ। कतार लगातार दोस्रो पटक एशियन कप जित्ने चौथो देश बनेको छ। यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एशियन कप जितेको थियो।

    images

    योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल