शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिसी वुमन्स प्रिमियर कप: नेपालको लगातार दोस्रो जित

एक्सप्रेस पाना
माघ २८, २०८० आइतबार
  • 255
    SHARES
  • एसिसी वुमन्स प्रिमियर कप: नेपालको लगातार दोस्रो जित

    माघ २८, काठमाडौँ । मलेसियामा जारी एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

    images

    आइतबार बिहान सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

    भुटानले दिएको ६६ रनको लक्ष्य पछाएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

    images

    यस अघि पहिला ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो।

    योजित सँगै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपाल २ जितमा ४ अंकसहित समुह 'डी' मा शीर्ष स्थानमा रहेको छ। त्यस्तै भुटानको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ।

    नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग मंगलबार खेल्ने तालिका रहेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट