पहिले मायालाई मन मुटुमा राख्ने गरौँ।
मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ
तिमी ईश्वरको सुन्दर रचना हौ।
यो मनबाट गरिने प्रशंसामा छौ।
आफ्नै शब्दले हामीलाई बहकाउँछ।
प्रेम ईश्वरको शक्ति हो, थाहा छ।
तिमी सम्झनाको शृङ्गारले सजिएको छौ।
तिमि अलि म जस्तै देखिन्छौ।
यदि यो सही छ भने म ठिक हुनेछु।
यदि केही गलत भयो भने, म सावधान हुनेछु।
पहिले मायालाई मन मुटुमा राख्ने गरौँ।
मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ।
लेखक: गोबिन्द राज ओझा (राजन)
ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


