शुक्रबार, भाद्र २६ गते २०८३
images

पवित्र भूमि हो यो हृदयमा..........

एक्सप्रेस पाना
माघ २९, २०८० सोमबार
  • 1.1K
    SHARES
  • पवित्र भूमि हो यो हृदयमा..........

    पवित्र भूमि हो यो हृदयमा बसेको छ।  
    वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ।
    सिता ,जनक, बुद्धको जन्मभूमि हो यो
    देशको माया र सम्मान नै मेरो धर्म हो।
     
    प्यारो र सुन्दर देश नेपाललाई माया गर्छु।
    मेरो जन्मभूमिलाई मैले सधैँ ढोग्ने गर्छु।
    नेपाल माता तिमि नै मेरो सबै थोक हौ।
    अनेक भाषा, धर्म र संस्कृतिको साझा थलो हौ।
     
    घुमी घुमी रमाइरहेछु मैले यहाँ बस्नु छ।
    मेरो देशले सगरमाथालाई शिरमा बोकेको छ।
    पवित्र भूमि हो यो हृदयमा बसेको छ।
    वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ।  
     
              लेखक: गोबिन्द राज ओझा (राजन)                                
              ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी   

    images