काठमाडौ । आईसीसी क्रिकेट लिग टूमा नेदरल्याण्ड्माथि नेपालले शानदार जित निकालेको छ ।
शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार गरेपछि नेपालको जित सम्भव भएको हो । अनिलले ५७ र आसिफले ५४ नटआउट रन बनाए भने ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भएका थिए ।



