काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने स्पष्ट पारेका छन् ।
सोमबारदेखि सुरु हुने महासमिति बैठकको तयारी बारे जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश भएर नआउने दाबी गरे । महासमिति बैठकको एजेण्डा बन्ने भए केन्द्रीय समितिको पनि एजेण्डा भइसक्ने उनको भनाई छ ।
‘सभापतिले छलफल गर्न चाहेको भए केन्द्रीय समितिमा प्रस्ताव आउने थियो । सभापतिले नचाहेकै कारणले आधिकारिक प्रस्ताव भएन,’ विश्वकर्माले भने ।
सभापतिले छलफल हुनसक्छ भनेकाले छलफलमा आए पनि पार्टीको आधिकारिक प्रतिवेदन नभएको उनले बताए ।



