शुक्रबार, भाद्र २६ गते २०८३
images

दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ टिजर रिलिज

एक्सप्रेस पाना
फाल्गुण ७, २०८० सोमबार
  • 423
    SHARES
  • दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ टिजर रिलिज

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ ।

    images

    पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् ।

    टिजरको तेस्रो खण्ड अर्थात् क्लाइमेक्समा बाउ छोराबीचको गन्थनमन्थन छ । उक्त दृश्यमा दयाहाङले आफूलाई चौधरी ग्रुपबाट ४ लाख पारिश्रमिकसहित जागिरको प्रस्ताव आउँदा पनि काम नगरेको तथ्य बाबु माओत्से गुरुङलाई सुनाएका छन्, जुन निकै रोचक छ । टिजरले फिल्मको कथा गाउँमा केन्द्रित रहेको बुझाउँछ । यो फिल्म २०८१ को नयाँ वर्ष अर्थात् बैशाख १ गते प्रदर्शन हुनेछ ।

    images

    फिल्ममा प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईं लगायतको पनि अभिनय छ । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिराज र सुष्मा गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सिमोन कृष छन् । फिल्मलाई शिवराम श्रेष्ठ र रिले एच। शेनले छायांकन गरेका हुन् ।

    नाटकमा आधारित भएर बनेको फिल्म हो, ‘डिग्री माइला’ । २०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । अत्यन्त सफल मानिएको यो नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए भने सायद अशोकको लेखन थियो । नाटकले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशालाई उठाएको थियो । 

  • सम्बन्धित विषय:

  • # डिग्री माइला