शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल ‘ए’  र क्यानडा (११ ) बीच दोस्रो खेल आज

एक्सप्रेस पाना
फाल्गुण ८, २०८० मंगलबार
  • 249
    SHARES
  • नेपाल ‘ए’  र क्यानडा (११ ) बीच दोस्रो खेल आज

    काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा (११ ) बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि शुरु हुने छ ।

    images

    यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा (११) ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।

    क्यानडाले पनि आफ्नो आगामी लिग(२) को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ । क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग(२)को यात्रा शुरु गर्दै छ ।

    images

    नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ ।

    क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

    नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

    नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट