शुक्रबार, भाद्र २६ गते २०८३
images

बलिउड फिल्ममा डेब्यु गर्दै अभिनेत्री बेनिशा हमाल

एक्सप्रेस पाना
फाल्गुण ८, २०८० मंगलबार
  • 302
    SHARES
  • बलिउड फिल्ममा डेब्यु गर्दै अभिनेत्री बेनिशा हमाल

    काठमाडौं । अभिनेत्री बेनिशा हमाल बलिउड फिल्ममा देखिने भएकी छन्। बेनिशाले  आफ्नो  फेसबुकमार्फत् पहिलोपटक हिन्दी फिल्ममा काम गर्न लागेको जानकारी दिएकी हुन्।

    images

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भ्वाइस मोडुलेसन, डिक्शन र फ्लोमा महिनौं काम गरेपछि म आफ्नो पहिलो हिन्दी फिल्मका लागि पूर्ण रुपमा तयार छु ।’ उनी अहिले फिल्मको छायांकनका लागि भारतको पिथौरागढस्थित पञ्चाचुली क्षेत्रमा छिन्।

    उनले भारतीय कलाकार गोदान कुमारसँगको एक तस्वीर पनि खिचाएकी छन् ।

    images

    गोदामले यस अघि ‘धडक’, ‘लाल कप्तान’ जस्ता फिल्ममा काम गरिसकेका छन्। फिल्म ‘सिटामोल’को सुटिङ सकेपछि उनी भारत प्रस्थान गरेकी थिइन्। 

    उनी अभिनित फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। यस अघि मनिषा कोइराला, सुनिल थापा, भोलाराज सापकोटा, झरना बज्रचार्य लगायतले हिन्दी फिल्ममा काम गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # बेनिशा हमाल