शुक्रबार, आश्विन २३ गते २०८३
images

आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छर ? ; अध्यक्ष ओली

एक्सप्रेस पाना
फाल्गुण ८, २०८० मंगलबार
  • 329
    SHARES
  • आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छर ? ; अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्। 

    images

    मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्। 

    सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई नै दोषी किटान गर्दै लेखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले हटाउन नसकेको पनि उनले बताए। 

    images

    ‘दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ,’ उनले भने, ‘मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।’ 

    आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छर भनेर उनले प्रश्न समेत गरेका छन्।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली