शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यानडामाथि नेपाल ‘ए’को शानदार जित

एक्सप्रेस पाना
फाल्गुण ८, २०८० मंगलबार
  • 433
    SHARES
  • क्यानडामाथि नेपाल ‘ए’को शानदार जित

    काठमाडौं । नेपाल ‘ए’ले क्यानडा–११ माथि एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटको जित निकालेको छ ।

    images


    क्यानडाले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रनको योगदान दिए ।

    बसिर अहमद्ले ५२ , रसिद खानले ४७ रनको योगदान दिए । ओपनर अर्जुन कुमालले ४० रन बनाए । नेपालको जितसँगै ३ खेलको सिरिज १(१ को बराबरीमा पुगेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट