आइतबार, भाद्र २८ गते २०८३
images

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियालाई १६९ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण ९, २०८० बुधबार
  • 219
    SHARES
  • आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियालाई १६९ रनको लक्ष्य

    काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग(२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

    images

     टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको हो ।

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।

    images

    नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४.४ विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप लिग(२