बुधबार, श्रावण १३ गते २०८३
images
images

जान्नुहोस् तामाको भाँडामा पानि पिउदा हुने फाइदाहरु

एक्सप्रेस पाना
फाल्गुण ११, २०८० शुक्रबार
  • 407
    SHARES
  • जान्नुहोस् तामाको भाँडामा पानि पिउदा हुने फाइदाहरु

    काठमाडौं । के तपाईलाई थाहाँ छ ? तामाको भाँडाको पानि हाम्रो स्वाथ्यको लागी कति फाइदाजनक छ । 

    images

    बुढापाकाले भनेको त सुन्दै आउनुभएको  छ होला तामाको भाँडा पानी पिउनु राम्रो हुन्छ । यदि हामीले  घरमा भएको प्लास्टीकको बोतल हटाएर यस्ता भाँडाको पानी पिउने हो भने  हाम्रो शरीरमा देखिने आधा भन्दा बढि रोग बाट बच्न सकिन्छ ।

    खास गरी बिहान खाली पेटमा निकै लाभदायी हुने जानाकारहरु बताउछन् । त्यसो भए आनुहोस जानौं यसका  फाइदाबारे ;-

    images
    • तामाको बोतल वा अन्य कुनै भाँडामा राखेको पानी पिउँदा स्वाद पनि मिठो हुन्छ । शुरुमा अलि फरक लागे पनि पछि तपाईंलाई यसमै राखेको पानी मिठो हुन थाल्छ ।
    • यदी तपाईं आफ्नो तौल कम गर्ने सोंचिरहनुभएको छ भने पनि दैनिक तामाको भाँडामा स्टोर गरेको पानी पिउन सक्नुहुन्छ । यसले तौल कम गर्न पनि सहयोग गर्छ ।
    •  हृदयाघात हुने संभावना कम हुन्छ।
    • तामाको भाँडामा राखेको पानी नियमित पिउँदा यसले बुढौंलीपनमा कमी आउछ ।  अथवा तपाईं जवान तथा स्वस्थ हुनुहुनेछ । 
    • यसले तपाईंको छालालाई पनि स्वस्थ बनाइराख्न सहयोग गर्छ ।
    • यसले छालासँग जोडिएका समस्या पनि कम हुन्छन् ।
    • मुटुलाई स्वस्थ राख्छ।
    • ब्लड प्रेसर नियन्त्रित गर्छ। 
    • तामाको बोतलमा पानी राखेर अर्को दिन बिहान पिउँदा पाचन प्रणाली पनि राम्रो हुन्छ । साथमा यसले पेटसँग जोडिएका समस्या पनि कम गर्छ ।
    • त्यस्तै तामाको भाँडामा राखेको पानी पिउँदा शरीरमा भएका घाउहरु पनि छिटो निको हुन्छ । 
    • यसले जोर्नीहरुको दुखाईमा पनि राहत दिन्छ ।

    विशेषज्ञहरुका अनुसार दैनिक एक गिलास तामाको पानी पिउनु पनि स्वास्थ्यका लागि फाइदाजनक सावित हुन सक्छ । यसका लागि तपाईंले रातभर तामाको भाँडामा पानी राख्नुहोस् र बिहान पिउनुहोस् । 

  • सम्बन्धित विषय:

  • # तामाको भाँडा