काठमाडौं । बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह बन्धनमा बाँधिएकी छिन्।
उनले निर्माता ज्याकी भगनानीसँग लगनगाँठो केसेकी हुन्। उनीहरूले बुधबार गोवामा विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
उनीहरूको विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी थिए। रकुल र ज्याकीले दुई वर्षदेखिको प्रेमलाई विवाहमा वपरिणत गरेका हुन्।
सन् २००९ मा कन्नड फिल्म ‘गिली’बाट अभियनमा डेब्यू गरेकी रकुलले सन् २०१४ मा ‘यारियाँ’बाट बलिउडमा डेब्यू गरेकी थिइन्।


