शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेटर्वाता

एक्सप्रेस पाना
फाल्गुण ११, २०८० शुक्रबार
  • 247
    SHARES
  • प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेटर्वाता

    काठमाडौं ।  गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । 

    images

    शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो । 


    प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए । 

    images

    प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । आचार्य गैरआवासीय नागरिकताका बारेमा सबैभन्दा सकृय अभियन्ता हुन ।


    भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरू दोषी रहेको भन्दै उनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । 

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’