शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिग-२ मा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा

एक्सप्रेस पाना
फाल्गुण १३, २०८० आइतबार
  • 229
    SHARES
  • लिग-२ मा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा

    काठमाडौँ । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेदरल्याण्डससँग खेल्दै छ ।

    images

    टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजेदेखि शुरु हुने छ । 

    यस सिरिजमा नामिबियाको आफ्ना चार खेल जितेर ३ जितसहित नामिबियाको ६ अंक हासिल गरेको छ । त्यस्तै  लिग-२ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

    images

    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।  

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि  कप्तान रोहित पौडेल , आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

     

    आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । 

     

  • सम्बन्धित विषय:

  • # आइसीसी क्रिकेट विश्वकप लिग-२