शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारलाई सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सभामुखको रुलिङ

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 229
    SHARES
  • सरकारलाई सांसदहरुले उठाएका विषयहरुको  जवाफ दिन सभामुखको रुलिङ

    काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरु भएको छ ।

    images

    बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।

    सभामुख घिमिरेले भने– ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

    images

    यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए ।

    मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # सभामुख