शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अर्थमन्त्रीद्वारा बजेटका सिदान्त र प्राथमिकता संसदमा पेश

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 268
    SHARES
  • अर्थमन्त्रीद्वारा बजेटका  सिदान्त र प्राथमिकता  संसदमा पेश

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधि सभाको बैठकमा आव २०८१-८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस भनी प्रस्ताव पेश गरेका छन् ।

    images


    प्रस्ताव पेश गर्दै अर्थमन्त्री महतले राजश्व संकलनमा चुनौती थपिएको बताउदै बाह्य र आन्तरिक कारणले अर्थतन्त्रमा चुनौतीमुक्त नरहेको बताएका छन् ।अर्थमन्त्री महतले विगतमा लिइएका सार्बजनिक ऋणका कारण ठुलो रकम ऋण भुक्तानीमा छुट्याउनुपर्ने बाध्यता रहेको बताए ।  

    साथै उनले सहकारी र लघुवित्तमा समस्या देखिएको बताए । अर्थमन्त्रीले आगामी बजेटका सिद्धान्त पेश गर्दै सार्बजनिक खर्चलाई व्यवस्थित गर्ने, निजी लगानी उत्प्रेरित हुने गरि काम गर्ने बताएका छन् ।

    images

    उनले निजी लगानी संकुचित नहुने गरि सार्बजनिक ऋण परिचालन गर्ने, वित्तीय अनुशासन सुदृढ गर्ने गरि सार्बजनिक खर्च परिचालन गर्ने बताए । अर्थमन्त्री महतले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच र गुणस्तर विकास गर्न बजेट छुट्याइने बताए ।

    अर्थमन्त्री महतले संबिधान अनुसार स्थानीय तहमा अधिकार हस्तान्तरण गर्न कानुन बनाउने र वित्तीय संघीयतालाई थप समावेशी बनाउने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # डा.प्रकाशशरण महत