शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 260
    SHARES
  • माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ।

    images

    बैठक आज बिहान साढे आठ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।

    यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो। आइतबार दिउँसो पनि बस्दै नबसी स्थगित भएको बैठक आज बसेको हो ।

    images

    आजको बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ।

    बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने छ ।

     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र