काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच बुधबार बसेको स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने बताएका छन् । तर गठबन्धन गर्नेरनगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार हुने पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । ‘हाम्रो पार्टीको केन्द्रीय समिति र विधान सम्मेलनमा पनि अब निर्वाचनमा एक्लै लड्ने स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने भनिसकेका छौं,’ उनले भने, ‘अब एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ । गठबन्धन गर्नेरनगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार हुने हो ।’



