शुक्रबार, भाद्र २६ गते २०८३
images

विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का

एक्सप्रेस पाना
फाल्गुण १६, २०८० बुधबार
  • 314
    SHARES
  • विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का

    काठमाडौं । पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले फिल् "१२ गाउँ"  बाट अभिनयमा डेब्यू गर्ने भएकी छिन्।

    images


    विराज भट्टको निर्माण र निर्देशनमा बन्ने फिल्ममा उनी मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भएकी हुन्। मुख्य भूमिकाका लागि न्यान्सीसँग कागती सम्झौता भइसकेको निर्माणटिमले जनाएको छ।


    विराजले फेसबुकमा न्यान्सीसँगको तस्विर राख्दै १२ गाउँ टिममा स्वागत गरेका छन्। खड्काले मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि जितेकी थिइन्। 

    images

    गतवर्ष जापानमा आयोजित मिस इन्टरनेशनलु मा नेपालबाट प्रतिनिधित्व गरेकी थिइन्। फिल्म ‘१२ गाउँ’ बाट एक्सन स्टार विराज भट्टका छोरा समीर भट्टले पनि डेब्यु गर्देछन्।

     एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मको छायाङ्कन चैत १५ गतेबाट सुरु हुनेछ। विराजले ४ वर्षपछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन्।

    २०७६ सालमा पहिलोपटक विराजले फिल्म ‘साङ्लो’ बनाएका थिए। जुन फिल्ममार्फत पूर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गरेकी थिइन्।

  • सम्बन्धित विषय:

  • # विराज भट्टको ‘१२ गाउँ