काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलमा छलफल गरेर राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका छन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष बनाउन नसक्ने भएकाले गठबन्धन दलबीच छलफल गरेर अगाडि बढ्ने बताएका हुन् ।
‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने ।
साथै, उनले सत्ता गठबन्धन दलबीच कुनै प्रकारको समस्या बताए । उनी भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन गएका हुन् ।



