काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको निरन्तरता कायम रहने बताएका छन् ।
शुक्रबार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकार कायम रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने बताए ।
‘गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ, उनले भने, ‘यो सरकार पूर्ण रुपमा जान्छ र अर्थतन्त्रको विकासमा यो सरकारले काम गर्छ ।’
सभापति देउवाले पर्यटन र अर्थतन्त्र सुधारको काममा सरकारले पूर्णरुपमा काम गर्ने प्रतिवद्दता जनाउदैँ सरकारले निजी क्षेत्रको विकास गर्दै पर्यटन विकास गर्ने पनि बताए ।



