शुक्रबार, भाद्र २६ गते २०८३
images

‘केटी हराएको सूचना’मा अभिनेता नाजिर र सृष्टि मुख्य भूमिकामा

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 349
    SHARES
  • ‘केटी हराएको सूचना’मा अभिनेता नाजिर र सृष्टि  मुख्य भूमिकामा

    काठमाडौं । ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको चलचित्र  ‘केटी हराएको सूचना’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् ।

    images

    नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छिन् । 

    सृष्टि र नाजिरको पहिलो पटक अनस्क्रिन जोडी देखिने भएको हो । आज स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

    images

     चलचित्रलाई  निर्देशन तथा लेखन दीपेन्द्र गौचनले गर्नेछन् । गौचनले यसअघि टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । 

    बिहीबारदेखि काठमाडौं र जनकपुरमा छायांकन गरिने निर्माण पक्षले जनकारी दिएको छ ।
     

  • सम्बन्धित विषय:

  • # केटी हराएको सूचना