आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैं

एक्सप्रेस पाना
फाल्गुण २२, २०८० मंगलबार
  • 278
    SHARES
  • टी–२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स  खेल्दैं

    काठमाडौँ ।  जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । 
    खेल  बिहान  ११स् ३० बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

    images

    नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो भने नामिबियाले  तीन अंक जोडेको छ ।

    लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । सुरुका दुई खेलमा पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।

    images

    नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । पछिल्ला पाँच खेलमा नेपाल तीन स्पर्धामा विजयी हुँदा नेदरल्यान्ड्स दुई खेलमा विजयी भएको छ । नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ । नेदरल्यान्ड्स नेपाललाई उसकै मैदानमा हराएर उपाधि उचाल्ने रणनीतिमा हुनेछ ।

     

     


     

     

     

     

     

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२० सिरिज