शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

एक्सप्रेस पाना
फाल्गुण २२, २०८० मंगलबार
  • 341
    SHARES
  • प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको  निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

    images

    मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा  बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    उपसभापति धनराज गुरूङले  बैठकमा प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताएका हुन ।

    images

    उपसभापति गुरूङले भने,‘पुष्पकमल दाहाल प्रचण्डलाई गरेको समर्थन र दिएको विश्वासको मत थियो त्यो आजबाट फिर्ता लिने निर्णय गरेका छौं, ।


    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस