शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अध्यक्ष नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ : कांग्रेस

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 236
    SHARES
  • अध्यक्ष नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।

    images

    बुधबार अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका कांग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित  राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको  हो ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक रहेको बताएका हुन । उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए । 

    images

    उनले भने ,अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ,’  ।

    प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस