शुक्रबार, आश्विन २३ गते २०८३
images

लगभग टुंग्यिो मन्त्रालय भागबन्डा, गृहमा रवि लामिछाने,अर्थमा वर्षमान पुन

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 446
    SHARES
  • लगभग  टुंग्यिो मन्त्रालय भागबन्डा,  गृहमा रवि लामिछाने,अर्थमा वर्षमान पुन

    काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा करिब सहमति गरेका छन्।

    images

    बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

    सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्, भने अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।

    images

    नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले सेतोपाटीलाई जानकारी दिए।

     त्यस्तै रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। पाटी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्रीमा, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन्।

    लामिछाने र अर्याल यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # वर्षमान पुन